Section 8
सिफारिस समिति
: (१) पदाधिकारी तथा सभामा मनोनयन हुने सदस्यको नियुक्ति वा मनोनयनको लागि प्रधानमन्त्री समक्ष नाम सिफारिस गर्न देहाय बमोजिमको एक सिफारिस समिति रहनेछ :
(क) संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री – अध्यक्ष
(ख) सङ्गीत तथा नाट्य क्षेत्रका ख्यातिप्राप्त व्यक्तिहरुमध्येबाट प्रधानमन्त्रीले तोकेको दुईजना – सदस्य
(२) उपदफा (१) बमोजिमको समितिले सभाको सदस्यमा मनोनयनको लागि नाम सिफारिस गर्दा सङ्गीत तथा नाट्य क्षेत्रमा अध्ययन तथा अनुसन्धान गरेका वा सो विधामा ख्यातिप्राप्त व्यक्तिहरुमध्येबाट सम्भव भएसम्म सङ्गीत तथा नाट्यका विभिन्न विधा र क्षेत्रको प्रतिनिधित्व हुनेर
सबै जाति, लिङ्ग, भाषाभाषी समेतलाई समेट्ने गरी नाम सिफारिस गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको समितिले पदाधिकारीको नियुक्तिको लागि नाम सिफारिस गर्दा
सभाका मनोनीत सदस्यहरुमध्येबाट गर्नेछ ।
(४) उपदफा (१) बमोजिमको समितिले सिफारिस गर्ने सम्बन्धमा अवलम्बन गर्ने कार्यविधि
सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।